कोरोना प्रकोपले लाखौँ सिरियाली भोकमरीको सङ्घारमा
रासस / सिन्ह्वा
असार १५, २०७७ सोमबार
“लगभग एक दशकको युद्ध र विस्थापनको सामना गरिसकेका सिरियालीहरूले अहिले अकल्पनीय भोकमरीको सामना गरिरहेका छन्, लाखौँ मानिस कोभिड–१९ को महामारीका कारण भोकै पर्ने स्थिति आएको छ । सिरियामा करिब ४२ प्रतिशत नागरिक खाद्य असुरक्षाबीच बाँच्नु परेको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ भने कोरोनाका कारण सिरियामा सहयोगको अपेक्षामा रहेका नागरिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।