यूक्रेनमा सशस्त्र समूहद्वारा बसमा रहेका २० व्यक्ति अपहरण
पश्चिमी यूक्रेनी शहर लुट्स्कमा एक बन्दुकधारीले एउटा यात्रु बसलाई नियन्त्रणमा लिई २० भन्दा बढी मानिसलाई अपहरण गरेको स्थानीय प्रहरीले मंगलबार जानकारी गराएको छ ।
भारतको आसाम राज्यमा बाढीबाट १११ जनाको मृत्यु, लाखौँ व्यक्ति प्रभावित
ब्रह्मपुत्र र यसका सहायक नदीमा पानीको बहाब अझैपनि खतराको संकेत माथि रहेको बताइएको छ । ब्रह्मपुत्र नदीले गुहावाटीसमेत राज्यका धेरै जिल्लामा ठूलो क्षति निम्ताएको छ । राज्य सरकारले सचेत रहेर बस्न सूचना जारी गरेको छ ।
इरानमा तालिबानको कार्यालय छैनः इरानी विदेश मन्त्रालय
इरानले अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेको तालिबान संगठनको कार्यालय इरानमा नरहेको स्पष्ट गरेको छ । इरानको विदेश मन्त्रालयले सो कुराको जानकारी गराएको हो ।
अफ्गानिस्तानमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिए
अफ्गानिस्तानमा भएको बम विस्फोटनमा परी जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिएका छन् ।
बेइजिङमा थपिएनन् नयाँ सङ्क्रमित, देशभरि १६ जना मात्र भेटिए
चीनमा देशभरी पछिल्लो२४ घण्टामा १६ जना मात्र सङ्क्रमित भेटिएका छन् । तीमध्ये १३ जना आन्तरिकरूपमा सङ्क्रमित हुन् भने अरु अन्य ठाउँबाट आएका सङ्क्रमित हुन् ।
फ्रान्स, जर्मनी र इटलीले लिबियामाथि प्रतिबन्ध लगाउने चेतावनी
सबै द्वन्द्वरत लिवियाली पक्षलाई युद्धविराम गर्न तथा लिवियामा सक्रिय विदेशी शक्तिलाई हस्तक्षेप रोक्न फ्रान्स, जर्मनी र इटलीले आग्रह गरेका छन् ।
लकडाउन खुकुलो भएसँगै बेलायतको रोजगारीमुलक विज्ञापनहरूमा वृद्धि
रिक्रुटमेन्ट एण्ड इक्प्लोइमेन्ट कन्फिडरेसन (आरईसी)को तथ्याङ्क अनुसार जुलाई ५ देखि जुलाई १२ सम्म हप्तामा सक्रिय रोजगारी विज्ञापनको कुल सङ्ख्या १० लाख पाँच हजार पुगेको छ । यो जुनकोे अन्तिम हप्ता (जून २२ देखि २८सम्म)को तुलनामा नौ लाख ९० हजारले बढी हो ।
पोल्याण्डमा राष्ट्रपति निर्वाचनको नतिजाविरुद्ध प्रदर्शन
पोल्याण्डमा राष्ट्रपति चयनका लागि भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै विपक्षीहरुले विरोध प्रदर्शन गरेका छन् । प्रमुख विपक्षी गठबन्धन सिभिक कोलिसन र निर्वाचनमा पराजित उम्मेदवार राफल त्रजास्कोवस्कीको तर्फबाट विरोध प्रदर्शनसहित सर्वोच्च अदालतमा उजुरी समेत दायर गरिएको छ ।
अमेरिकाद्वारा फ्रान्सेली उत्पादनमा कर वृद्धि गर्ने घोषणा
विश्वभरका व्यापारिक संघसंगठनहरूले एक पटक प्रयोगबिहीन बनिसकेको धारा ३०१को पटकपटकको प्रयोग विश्व व्यापार संगठनको नियम विपरित भएको भन्दै चासो व्यक्त गरिरहेका छन् । उनीहरूले अमेरिकी उक्त धाराको प्रयोगले बहुपक्षीय व्यापार प्रणाली र विश्वव्यापी आपूर्ति व्यवस्थालाई कमजोर बनाउने र प्रभावित पार्ने बताएका छन् ।
उडिरहेको विमानभित्र जुम्ल्याहा बालिकाको जन्म
ती महिलासँगै मङ्गोलियाका २६० जना यात्रु टर्कीबाट सो विमानमार्फत् मङ्गोलियाको यात्रामा रहेका थिए ।