संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदद्वारा म्यानमारको हिंसाप्रति ‘गहिरो चासो’ व्यक्त
रासस / एएफपी
कार्तिक २५, २०७८ बिहीबार
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले म्यानमारमा हालै जारी रहेको अशान्तिको विषयमा बुधबार ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । परिषद्ले तत्काल हिंसा अन्त्य र नागरिकहरुलाई हानी नपु-याउन सुनिश्चिताको प्रयास गर्न आह्वान समेत गरेको छ । सेना र रखाइन राज्यको विद्रोही समूहबीचको झडप भएको परिषदद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।