logo
२०८१ जेष्ठ ६ आईतवार



कोइला खानी विस्फोटमा परी छजनाको मृत्यु

अन्तर्राष्ट्रिय |


कोइला खानी विस्फोटमा परी छजनाको मृत्यु
तस्विर-फाइल


काजाकिस्तान, कात्तिक २१ गते । काजकिस्तानको औद्योगिक क्षेत्र कारागान्डामा रहेको एक कोइलाखानीमा विस्फोट हुँदा छ जना कामदारको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको कम्पनी र आपतकालीन मन्त्रालयले जानकारी दिएको छ ।

मध्य एसियाली यस देशमा रहेको सो खानीमा आइतबार बिहान अचानक विस्फोट भएका थियो । दुर्घटना भएको अवस्थामा ६४ जना कामदार खानीभित्र रहेका र ५६ जना भने बाहिर निस्कन सफल भएका थिए ।

आपतकालीन मन्त्री युरी इलिनको नेतृत्वमा सरकारी आयोग घटनास्थलमा पठाइएको जनाइएको छ । पूर्व सोभियत देशहरुमा कमजोर सुरक्षा व्यवस्था र पुरानो पूर्वाधारका कारण खानी दुर्घटनाहरू सामान्य जस्तो भएको पाइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?