जापानमा भारी वर्षापछि बाढी, १३ जनाभन्दा बढी व्यक्ति बेपत्ता
रासस / एपी
असार २०, २०७७ शनिबार
जापानको दक्षिणी क्षेत्रमा भएको व्यापक वर्षासँगै आएको बाढीका कारण दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार वर्षासँगैको बाढी, पहिरो र डुबानका कारण अरु सयौँ व्यक्तिहरू प्रभावित भएका छन् ।
कतिपय व्यक्तिहरू घर डुबानमा परेकाले घरको छतमा उद्धारका लागि पर्खिरहेको पनि अधिकारीहरूले जनाएका छन् ।