भुटानमा राष्ट्रव्यापी लकडाउन
रासस / एपी
श्रावण २९, २०७७ बिहीबार
हिमाली मुलुक भुटानले कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएका तर क्वारेन्टिन पूरा गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि लकडाउन गर्नु परेको सरकारले जनाएको छ ।सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गर्दै आदेश जारी गरेको छ । भुटानमा हाल करिब ७ लाख ५० हजार जनसंख्या छ । सरकारी आदेशसँगै भुटानका सबै विद्यालय, कार्यालय र व्यावसायिक संरचनाहरु बन्द गरिएका छन् ।