logo
२०८१ बैशाख ३० आईतवार



अफगानिस्तानमा बारुदी सुरुङ विस्फोटमा परेर ११ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा बारुदी सुरुङ विस्फोटमा परेर ११ जनाको मृत्यु


काबुल, जेठ २३ गते। अफगानिस्तानको उत्तरपश्चिममा एउटा यात्रुवाहक मिनिभ्यानमा सडक किनारामा राखिएको बारुदी सुरुङमा परेर बिस्फोट हुँदा भ्यानमा सवार कम्तीमा ११ जना यात्रुको ज्यान गएको छ ।
अधिकारीहरुका अनुसार शनिबार भएको उक्त घटनामा मारिनेहरुमा तीन जना बालबालिकासमेत  छन् ।
निकै शक्तिशाली बिस्फोटका कारण उक्त मिनिभ्यान सडकबाट खोंचमा झरेको बडघिस प्रान्तीय गभर्नर हेसामुद्दीन शाम्सले बताउनुभयो । उहाँले उद्धारकर्ताहरु घटनास्थलमा पुगेको जानकारी दिनुभयो ।
उक्त बिस्फोटको कसैले पनि जिम्मेवारी लिइसकेका छैनन् तर प्रान्तीय सरकारले तालिबान समूहले सुरक्षा फौजलाई लक्षित गरी बारुदी सुरुङ बिछ्याएको आरोप लगाएको छ । तालिबान समूहले भने उक्त घटनाका बारेमा तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप