भारतद्वारा अग्नि-५ क्षेप्यास्त्र सफलतापूर्वक प्रक्षेपण
रासस / एएनआई
कार्तिक ११, २०७८ बिहीबार
भारतले सतहदेखि सतहसम्म प्रहार गर्ने ब्यालेस्टिक मिसाइल, अग्नि–५को सफलतापूर्वक प्रक्षेपण गरेको छ जसले पाँच हजार किलोमिटरसम्मको लक्ष्यमा प्रहार गर्न सक्छ ।
रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बुधबार साँझ लगभग ७ः३० बजे ओडिसाको एपीजे अब्दुल कलाम टापुबाट उक्त क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो ।