अष्ट्रेलियाले डिसेम्बर १ देखि पूर्ण खोप लगाएकालाई प्रवेश अनुमति दिने
रासस / एएनआई
मंसिर ६, २०७८ सोमबार
अष्ट्रेलियाले सोमबार आफ्नो यात्रा नियम थप खुकुलो पार्दै पूर्ण खोप लगाएका पर्यटकलाई डिसेम्बर १ देखि यात्रा छुटको लागि आवेदन नै नगरी देश प्रवेश गर्न अनुमति दिने जनाएको छ ।
त्यस्ता योग्य राहादानी धारकमा दक्षजनशक्ति, विद्यार्थी, मानवीय सेवामा काम गर्ने, छुट्टी मनाउने र अस्थायी पारिवारिक राहादानी बोकेका समावेश छन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एक विज्ञप्तिमा जनाएअनुसार १ डिसेम्बर २०२१ देखि, पूर्ण खोप...