सुडानका लागि राष्ट्रसंघीय प्रतिनिधिद्वारा अपदस्थ प्रधानमन्त्री हमडोकसँग छलफल
रासस / एएनआई
कार्तिक १४, २०७८ आईतवार
सुडानका लागि संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि भोल्कर पर्थेसले अपदस्थ सुडानका प्रधानमन्त्री अब्दल्ला हमडोकसँग देशको अवस्थाबारे छलफल गर्न भेट गरेका छन् । ‘पर्थेसले ट्वीटमा लेखेका छन्, ‘भर्खरै हामडोकलाई उहाँको निवासमा भेटेँ जहाँ उहाँ ठीक हुनुहुन्छ तर घरमा नजरबन्दमा हुनुहुन्छ । हामीले मध्यस्थताका विकल्पहरू र सुडानका लागि अगाडि बढ्ने बाटोका बारेमा छलफल गर्यौं ।’