बङ्लादेशमा एक दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित
रासस / एएनआई
असार २८, २०७८ सोमबार
बङ्लादेशमा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा बङ्लादेशमा थप १३ हजार ७६८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
“कोरोनाभाइरसको महामारी सुरु भएदेखि अहिलेसम्म एकैदिनमा यति धेरै नयाँ सङ्क्रमित थपिएको यो नै पहिलो पटक हो,” एक सरकारी अधिकारीले भने । थपिएका सङ्क्रमितसँगै बङ्लादेशमा अहिलेसम्म कूल सक्रिय सङ्क्रमितको...