तलब बृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित
रासस / एएनआई
जेष्ठ २९, २०७८ शनिबार
“सरकारले कम्तीमा २५ प्रतिशत तलब बृद्धि भएको घोषणा गरोस्, हैन भने हामी जुनको अन्त्यसँगै कडा आन्दोलन घोषणा गर्न बाध्य हुनेछौँ,” एक कर्मचारी नेताले भने । कर्मचारीहरुको आन्दोलनप्रति पाकिस्तान पिपल्स पार्टी (पिपिपि)का अध्यक्ष बिलावाल भुट्टो जर्दारीले ऐक्वबद्धता जनाउनुभएको छ । कर्मचारीले आयोजना गरेको विरोध कार्यक्रममा समेत उहाँ शुक्रबार बेलुका सहभागी हुनुभएको थियो ।