भारतका प्रधानमन्त्री र राष्ट्रपतिबीच महत्वपूर्ण विषयमा छलफल
रासस / एएनआई
असार ३१, २०७८ बिहीबार
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राष्ट्रपति रामनाथ कोभिन्दसँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रमममा उहाँहरूबीच महत्वपूर्ण विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति कार्यालयले लेखेको छ, “राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा राष्ट्रपति भवनमा आज महत्वपूर्ण छलफल भएको छ ।” भारतको वर्षे अधिवेशन सुरु हुन लागेको पूर्वसन्ध्यामा...