खोप वितरणको अवस्थामा परिवर्तन गर्न अर्जेन्टिनाको माग
रासस / एएनआई
जेष्ठ २७, २०७८ बिहीबार
कोरोना भाइरसविरुद्धको खोप वितरणको अवस्थामा परिवर्तन गर्न अर्जेन्टिनाले माग गरेको छ । अर्जेन्टिनाका राष्ट्रपति अल्बेर्टो फर्नान्डेजले विश्वभरी खोप वितरणको अवस्था सन्तुलित र न्यायोचित नभएको बताउनुभएको हो ।
“खोपको असमान वितरण भइरहेको बारेमा अन्तर्राष्ट्रिय समुदायको ध्यान जानु आवश्यक छ, अहिले जे जसरी भइरहेको छ, त्यो ठिक भइरहेको छैन,” उहाँले भन्नुभयो । कुल उत्पादित खोपमध्ये ९० प्रतिशत खोप उत्पादक देशहरूमा मात्रै...