भारत र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता, मिलेर काम गर्ने सहमति
रासस / एएनआई
श्रावण २३, २०७७ शुक्रबार
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीबार फोनवार्ता भएको बताइएको छ । त्यस वार्ताका क्रममा उहाँहरुबीच अमेरिका र भारतबीचको सम्बन्धका विविध विषयहरुमा कुराकानी भएको थियो । यी दुई देशबीचको शान्ति, समृद्धि र सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ ।