भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दश लाख नाघ्यो , एकैदिन ६८७ को मृत्यु
रासस / एएनआई
श्रावण २, २०७७ शुक्रबार
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाको सङ्ख्या ३४ हजार ९५६ पुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।