ब्राजिलमा सङ्क्रमितको सङ्ख्या २३ लाख नाघ्यो, ८५ हजारभन्दा बढीको मृत्यु
रासस / एएनआई
श्रावण १०, २०७७ शनिबार
ब्राजिलमा कोरोना भाइरसका सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । यहाँ हरेक दिन हजारौँको सङ्ख्यामा सङ्क्रमितहरू थपिएसँगै सङ्क्रमितको सङ्ख्या २३ लाख नाघेको हो ।
यहाँ गएको २४ घन्टा यतामात्र सङ्क्रमितको सङ्ख्या ५५ हजार नाघेको छ । शुक्रबार मात्र यहाँ ५५ हजार ८९१ जना सङ्क्रमित थपिएका छन् । एकै दिनमा यतिधेरै सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।