भारतमा कोरोनाले एकैदिन ५११ जनाको मृत्यु, २७ हजार सङ्क्रमित
रासस / एएनआई
असार २७, २०७७ शनिबार
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाखभन्दा बढी पुगेको छ ।
शनिबार बिहान सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार ९१६ जना सङ्क्रमित भएका छन् । तीमध्ये २७ हजार ११४ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।