भ्रष्टाचार न्यूनीकरणमा लेखापरीक्षण
गोरखापत्र अनलाइन
फाल्गुन २५, २०७८ बुधबार
सार्वजनिक अधिकार पाएको व्यक्तिले कुनै काम गरे वा नगरे वापत आफू वा आफ्नो समूह वा अरू कसैलाई फाइदा पु¥याउने कार्य भ्रष्टाचार हो । नेपाली समाजमा विद्यमान धर्म, संस्कृति र संस्कारमै भ्रष्टाचारको गन्ध नमिठोसँग मडारिरहेको पाइन्छ । जस्तोसुकै पाप कर्म गरे पनि दान, दक्षिणा, भेटी र उपहार चढाएपछि देवता र ठूलाबडा खुसी हुन्छन् भन्ने मान्यता समाजमा बढ्दो छ । राजनीतिज्ञ र उच्च तहका कर्मचारीलाई घुस, रिसवत र दाम चढाएर रिझाउने चलन...