संस्कृति अमूल्य निधि
गोरखापत्र अनलाइन
पुष १३, २०७८ मंगलवार
हामी नेपाली क्रिसमस होस् या अङ्ग्रेजी नयाँ वर्ष, केही वर्षयता खुला हृदयले हरेक उत्सव मनाउने, छुट्टी मिलाएर घुम्न जानेलगायतका कार्यक्रम तय गर्न क्यालेन्डरमै अङ्कित गरेका हुन्छौँ । धार्मिक साहिष्णुता नेपालीको गुण नै हो । त्यसैले इसाईको क्रिसमस, पश्चिमाको अङ्ग्रेजी नयाँ वर्ष भनेर परिभाषा नगरी हरेक परिस्थितिलाई उत्सवका रूपमा लिने संस्कार विकास भएको मान्न सकिन्छ तर पहुँच भएका, सहरिया जीवनमा मनाउने प्रचलन बढेको हो...