अर्थपूर्ण द्रुत उद्धार टोली आवश्यक
गोरखापत्र अनलाइन
जेष्ठ २६, २०७८ बुधबार
नेपाल भूकम्प, बाढीपहिरो, आगलागीजस्ता दैवी प्रकोपको उच्च जोखिममा रहेको छ । भूकम्प आकस्मिक ढङ्गले आउँछ भने वर्षको बर्खायाममा देशका कुनै न कुनै भाग बाढीपहिरो, सुख्खायाममा आगलागी र जाडोयाममा शीतलहरबाट पीडित हुने क्रम निश्चितजस्तै छ । त्यसमाथि हिमपहिरो, हिमताल विस्फोट, बेलाबखत देखिने सरुवा रोगको प्रकोप, खानेपानी र खाद्यान्नको अभाव र यदाकदा भड्किने राजनीतिक, क्षेत्रीय, धार्मिक र अन्य सङ्कीर्णताजन्य अशान्ति पनि झेल्दै...