सानो संसारका ठूला खुसीहरू
गोरखापत्र अनलाइन
पुष २५, २०७७ शनिबार
सहरिया खुसीको मानक पनि सहरिया नै हुँदोरहेछ । जटिल सहरी जीवनको खुसी पनि जटिल, दुर्वोध र दुरूह । जीवनधारामा लहरिँदै केही परिबन्द र केही रहरले खुसीको लालचमा अर्ध सहरवासी भएको म । जब सहरले अपेक्षित खुसी दिन सक्दैन, जब खुसीका गाँठाहरू फुक्नुको बदला अञ्जान रुमलोमा अल्झिन थाल्छन्, अनि याद आउँछ निर्वोध बालापन र ग्रामीण परिवेश ।
उसबखतको सरल जीवन र सहज वातावरणमा खुसी हुन पाइने असङ्ख्य अवसर थिए । हाम्रो शास्त्र भन्छ– दुःखका कारण...