संस्कृतिमा बढ्दै गएको विकृति
गोरखापत्र अनलाइन
कार्तिक १५, २०७८ सोमबार
नेपालका विभिन्न जातजातिका मानिसले आफ्नो धर्म र संस्कृतिअनुसार फरक–फरक समयमा अनेक चाडपर्व मनाउने गर्छन् । त्यस्ता चाडपर्वमा जातीय विशेषता र जातीय पहिचान झल्किएको हुन्छ । नेपालभित्र र नेपालबाहिर रहेका अधिकांश नेपालीले वर्षभरि मनाउने धेरै चाडपर्वमध्ये सबैभन्दा ठूलो र महìवपूर्ण मानिएका चाड दशैँ र तिहार हुन् । चाडपर्व जहाँको होस्, जसको होस् र जसरी मनाइयोस्, त्यसले पारिवारिक मिलन, आपसी प्रेम र सामाजिक सद्भावलाई बढावा...