स्थानीय पाठ्यक्रम निर्माण
गोरखापत्र अनलाइन
माघ १३, २०७७ मंगलवार
नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार तथा दायित्व स्थानीय तहलाई सुम्पिएको छ । संविधानको मर्मअनुसार शिक्षाको व्यवस्थापन गर्नु भनेको माध्यमिक तहसम्मको शिक्षा व्यवस्थित गर्न आवश्यक ऐन, नियम निर्माण गर्ने, स्रोत साधनको व्यवस्था गर्ने, शैक्षिक योजना र पाठ्यक्रम निर्माण गर्ने, विद्यार्थीको मूल्याङ्कन गर्ने तथा परीक्षाहरू सञ्चालन गर्ने, प्रमाणपत्र जारी गर्ने, शैक्षिक कार्यक्रमको समीक्षा तथा अध्ययन,...