शिक्षण सिकाइप्रतिको दायित्व
गोरखापत्र अनलाइन
कार्तिक ११, २०७८ बिहीबार
नेपालको संविधान (२०७२) को अनुसूची खण्डमा विभिन्न तहको शिक्षा सञ्चालन सम्बन्धमा अधिकार केन्द्रदेखि स्थानीय तहसम्मको अधिकार किटान गरिएको छ । अनुसूची ५ मा सङ्घको अधिकारमा केन्द्रीय विश्वविद्यालय, केन्द्रीयस्तरको प्रज्ञा–प्रतिष्ठान, विश्वविद्यालय मापदण्ड र नियमन, केन्द्रीय पुस्तकालय आदिको अधिकार व्यवस्था गरेको छ । अनुसूची ६ मा प्रदेश विश्वविद्यालय, उच्च शिक्षा पुस्तकालय, सङ्ग्रहालय आदिको सञ्चालन गर्ने अधिकार...