पार्टी र नेताहरूको अग्निपरीक्षा
गोरखापत्र अनलाइन
भाद्र २८, २०७७ आईतवार
न्याय र अधिकार निम्तिका आन्दोलनमा अग्रजहरूको त्याग र बलिदानस्वरूप मुलुकमा लोकतन्त्रको उदय भएको हो । आन्दोलन र क्रान्तिका उपलब्धिलाई भविष्यमा कसैले अपहरण गर्न नसक्नेगरी संविधानमा लिपिबद्ध गरिएको छ । राज्यका सोपानहरूमा पिछडिएका, आदिवासी, महिला र क्षेत्रहरूको प्रतिनिधित्व छ । संसद्ले मुलुकलाई सग्लो अनुहारमा प्रस्तुत गरेको छ । परिमार्जित संसद्, स्वतन्त्र आयोगहरू, न्यायिक स्वतन्त्रता, मानवाधिकार, मौलिक हक र निर्वाचनहरूले...