प्रजातन्त्र दिवस र अपेक्षा
गोरखापत्र अनलाइन
फाल्गुन ७, २०७७ शुक्रबार
आकारमा सानो भएर पनि नेपाल कहिल्यै कसैको उपनिवेश बन्नुपरेन । यो आफैँमा अत्यन्त ठूलो गौरव हो । तर, नेपाली जनताले एक शताब्दीभन्दा बढी समय रैतीका रूपमा रहनुप¥यो । यस अवस्थाबाट मुक्ति पाउन नेपाल आमाका सपुतहरूले ठूलो सङ्घर्ष गर्नुप¥यो । यस्तो अवस्थाबाट नेपाली जनताले मुक्ति पाएको दिन हो फागुन ७ गते । एक सय चार वर्षको निरङ्कुश जहानियाँ शासनबाट नेपाली जनताले मुक्ति पाएको यही दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’का रूपमा मनाइँदै...