निष्ठाका प्रतिमूर्ति
गोरखापत्र अनलाइन
फाल्गुन २०, २०७८ शुक्रबार
राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्श मानेर मुलुक र नागरिक जीवनमा परिवर्तन ल्याउने कसम धेरैले खाए । त्यो आदर्शलाई व्यवहारमा उतार्न धेरै व्यक्ति अघि सरे, सकेको कर्म गरे र मरेर गए । कतिले इतिहास बनाए भने कति व्यक्ति खहरेझैँ आए र त्यसरी नै विलाए । थोरै पात्र मात्र इतिहासमा दर्ज भए । नेपाली राजनीतिले दूरदृष्टियुक्त पात्रका रूपमा बीपी कोइरालालाई पनि पाएको थियो तर मुलुक र नागरिक हितमा उहाँलाई उपयोग गर्न सकेन÷जानेन...