दिव्योपदेशबाट शास्त्रीय ठेली
गोरखापत्र अनलाइन
पुष २४, २०७८ शनिबार
संसारका कुनै पनि एकीकरण निर्विवाद र निर्विकल्प बनेका छैनन् । पृथ्वीनारायण शाहद्वारा गरिएको नेपाल एकीकरणका क्रममा भएका भनिएका अपवादस्वरूपका त्रुटि र कमजोरी उछालेर राष्ट्रनिर्माणको अभियानलाई मानमर्दन गर्नु उचित होइन । पृथ्वीनारायण राजकुलमा जन्मेको र राजा भएकै कारण सम्मान र तारिफयोग्य पात्र बन्नुभएको होइन । उहाँले गरेको ऐतिहासिक योगदानलाई छायाँमा पार्ने प्रयास गरिनु धरातलीय यथार्थमाथि आँखा चिम्लनुसरह हो ।...