logo
२०८१ बैशाख १७ सोमवार



सडक सुरक्षा विश्व श्रृखंलाको उपाधि ‘इन्डिया लेजेण्ड्स’ले जित्यो

क्रिकेट |
खेलकुद |


सडक सुरक्षा विश्व श्रृखंलाको उपाधि ‘इन्डिया लेजेण्ड्स’ले जित्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत ९ गते । सडक सुरक्षा विश्व श्रृखंलाको उपाधि इन्डिया लेजेण्ड्सले जितेको छ ।
उपाधिको होडमा इन्डिया लेजेण्ड्सले श्रीलङ्का लेजेण्ड्स समक्ष १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा श्रीलङ्का लेजेण्ड्सले सात विकेटको क्षतिमा मात्र १६७ रनमा सीमित हुन पुग्यो । श्रीलङ्का लेजेण्ड्सका लागि सनथ जयसूर्याले सर्वाधिक ४३ रनको योगदान दिए पनि टोलीलाई जिताउन सक्नुभएन । अर्का ब्याट्सम्यान चिन्तका जयासिंघेले दोस्रो सर्वाधिक ४० तथा कौशल्या वीरारत्नेले ३८ रनको योगदान दिनुभयो ।
इन्डिया लेजेण्ड्सको बलिङ्मा युसूफ पठान र इरफान पठानले सामान दुई दुई तथा मनप्रित गोनी, मुन्नाफ पटेलले सामान एक एक विकेट लिनुभयो ।
त्यसअिघ, राजपुरस्थित शहीद वीरनारायण सिंह क्रिकेट रङशालामा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको इन्डिया लेजेण्ड्सले पुरै २० ओभर खेलेर चार विकेटको क्षतिमा १८१ रनको योगफल तयार गर्यो । इन्डिया लेजेण्ड्सको पारीको सुरुवात गर्नुभएका विरेन्द्र सहवाग दश बनाएर पेभेलियन फर्किदा सचिन तेन्दुलकर र युवराज सिंहले पारी सम्हाल्नुभयो । सचिन र युवराजले तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गर्नुभयो । सचिन तेन्दुलकर ३० रन बनाएर पेभेलियन फर्किदा इन्डिया लेजेण्ड्सले ७८ रनमा तीन विकेट गुमाएको थियो । चौथो विकेटका लागि युवराजले यूसूफ पठानसँग ८५ रनको साझेदारी गर्नुभयो । दुबैजनाले अर्धशतक पूरा गर्नुभयो । युवराजले ६० तथा पठानले ६२ रन बनाएर अविजित रहनुभयो ।
श्रीलङ्का लेजेण्ड्सका लागि रांग्ना हेराथ, सनथ जयसूर्या, परविज महरुफ र कौशल्या वीरारत्नेले सामान एक एक विकेट लिनुभयो ।
युसूफ पठान प्लेयर अफ द् म्याच तथा श्रीलङ्का लेजेण्ड्सका तिलकरत्ने दिलशान प्लेयर अफ द सेरिज घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?