logo
२०८१ बैशाख १८ मंगलवार



सातै प्रदेश पुग्दै प्रमुख प्रशिक्षक डेभ व्हाटमोर

क्रिकेट |
खेलकुद |


सातै प्रदेश पुग्दै प्रमुख प्रशिक्षक डेभ व्हाटमोर
तस्विर–क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ९ गते । नेपाल क्रिकेट संघले क्रिकेटलाई स्थानीय स्तरसम्म पुर्याउने अभियान सुरु गर्ने भएको छ । उक्त अभियान अन्तर्गत नेपालको राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक डेभ व्हाटमोर सात वटै प्रदेश पुग्नुहुनेछ । प्रदेश १ मा आगामी बुधबारदेखि उक्त कार्यक्रमको सुरुवात हुनेछ ।
नेपाल क्रिकेट संघले राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गर्नेछ । अभियानको क्रममा चार दिनसम्म उच्च स्तरीय क्रिकेट क्लिनिक सञ्चालन हुनेछ । जसमा प्रमुख प्रशिक्षक डेभ व्हाटमोरले स्थानीय स्तरका प्रतिभावान खेलाडीसँग साक्षात्कार गर्नुका साथै क्रिकेट प्रतिभाको पहिचान गर्नुहुनेछ । संघका अनुसार क्रिकेट प्रशिक्षक पुग्दा स्थानीय खेलाडीमा क्रिकेटप्रति थप जागरुक बन्नेछन् । सँगै स्थानीय प्रशिक्षकले प्रशिक्षणको नयाँ एवम् आधुनिक बिधिबारे जानकार हुनेछन् ।
नेपालको हाल कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने तालिका छैन । उक्त रिक्त अवधिलाई सदुपयोग गर्न संघले क्रिकेटलाई स्थानीय स्तरसम्म पुर्याउने प्रयासस्वरुप अभियान सञ्चालन गर्ने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?