logo
२०८१ बैशाख १८ मंगलवार



पहिलो पारीमा श्रीलङ्का १६९ रनमा समेटियो

क्रिकेट |
खेलकुद |


पहिलो पारीमा श्रीलङ्का १६९ रनमा समेटियो
तस्विर-गेट्टी इमेजेज


एजेन्सी
काठमाडौं, चैत्त ९ गते । श्रीलङ्काले वेष्टइन्डिज विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा मात्र १६९ रनमा समेटिएको छ । पहिलो दिनको खेल सकिदासम्म वेष्टइन्डिजले बिना कुनै क्षतिमा १३ रन जोडेको छ । ऊ पहिलो पारीमा १५६ रनले पछाडी परेको छ । क्रैग बर्थवेटले तीन तथा जोन क्याम्पवेल सात रन बनाएर अविजित हुनुहुन्छ ।
त्यसअघि, नर्थ साउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको श्रीलङ्काले नियमित अन्तरालमा विकेट गुमाएपछि ६९.४ ओभरमा १६९ रनको योगफल तयार गर्यो । उसको पारीमा ओपनर ब्याट्सम्यान लहिरु थिरमन्नेले सर्बाधिक ७० रनको योगदान दिनुभयो । निरोशन डिकवालाको ३२ रनको अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले प्रभाबकारी प्रदर्शन गर्न सकेनन ।
वेष्टइन्डिजका लागि जैसन होल्डरले सर्बाधिक पाँच विकेट लिनुभयो । केमार रोचले तीन तथा रखिम कोर्नवालले एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?