logo
२०८१ बैशाख १८ मंगलवार



ललितपुर मेयर महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

क्रिकेट |
खेलकुद |


ललितपुर मेयर महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
तस्विर–लिजर


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ९ गते । नेपाल क्रिकेट संघले ललितपुर मेयर महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ । पाँच टोली सहभागी मेयर कपको उद्घाटन खेलमा प्रदेश १ ले सशस्त्र प्रहरी बल(एपीएफ)सँग स्पर्धा गर्नेछ । प्रतियोगिताको सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा हुनेछ । यसअघि काठमाडौं मेयर कप पुरुष च्याम्पियनशीप ५० ओभरको भएपनि ललितपुर मेयर कप च्याम्पियनसिप टी ट्वान्टी हुने नेपाल क्रिकेट संघले जनाएको छ ।
चैत्त २१ गतेबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल चैत्त २८ गते हुनेछ । पहिलो दिनको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स ११ को सामना गर्नेछ । चैत्त २२ गते हुने तेस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशको सामना गर्दा चौथो खेलमा ललितपुर मेयर्स ११ ले लुम्बिनि प्रदेशसँग स्पर्धा गर्नेछ ।
चैत्त २३ गते हुने एक मात्र खेलमा लुम्बिनीले प्रदेश १ को सामना गर्नेछ । चैत्त २४ गते ललितपुर मेयर्स ११ ले एपीएफको र प्रदेश १ ले सुदूरपश्चिमसँग स्पर्धा गर्नेछ ।
प्रतियोगिताको पाँचौं दिन चैत्त २५ गते सुदूरपश्चिमले लुम्बिनीविरुद्ध स्पर्धा गर्नेछ । उक्त दिन एउटै खेल हुनेछ । लिग चरणको अन्तिम दिनमा ललितपुर मेयर्स ११ ले प्रदेश १ को तथा लुम्बिनीले एपीएफ विरुद्ध खेल्नेछ । चैत्त २७ गते आराम दिइएको छ । चैत्त २८ गते हुने फाइनल खेलमा लिग चरणमा उत्कृष्ट हुने दुई टोलीले स्पर्धा गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?