logo
२०८१ बैशाख १८ मंगलवार



फिन्न एलेन न्युजिल्याण्डको टी ट्वान्टी टोलीमा बोलाइए

क्रिकेट |
खेलकुद |


फिन्न एलेन न्युजिल्याण्डको टी ट्वान्टी टोलीमा बोलाइए
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १० गते । फिन्न एलेन न्युजिल्याण्डको टी ट्वान्टी अन्तर्राष्ट्रिय टोलीमा स्थान सुनिश्चित गर्नुभएको छ । बङ्गलादेश विरुद्धको श्रृखंलाका लागि उहाँलाई टोलीमा बोलाइएको हो । उहाँ ब्याट्सम्यान हुनुहुन्छ ।
दुई वर्षसम्म घाइते भएर अन्तर्राष्ट्रिय क्रिकेटबाट बाहिर रहनुभएका एडम मिल्ने समेत पुनरागमन गर्नुहुने भएको छ । जारी सिजनमा टेष्ट र अन्तर्राष्ट्रिय एकदिबसीयमा डेब्यु गर्नुभएका विल योङ्ग समेत टी ट्वान्टी टोलीमा पर्नुभएको छ । गत् डिसेम्बर महिना यता घाइते भएर अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी हुन नसकेका लुसी फरगुसनको समेत पुनरागमन भएको हो ।
टिम साउदीले टोलीको नेतृत्व गर्नुहुनेछ । टोलीका अन्य सदस्यमा फिन्न एलेन, टडड एस्ल, हामिश बेनेट्ट, मार्क च्यापमन, डेभोन कोनवे, मार्टिन गुप्टिल, डारेल मिसेल, इश सोढी र ग्लैन फिलिप्स रहनुभएको छ ।
इन्डियन प्रिमियर लिगमा छ जना प्रमुख खेलाडी सहभागी हुने भएपछि बङ्गलादेश विरुद्धको श्रृखंलाका लागि वैकल्पिक खेलाडीले स्थान पाउने भएका छन् । प्रिमियर लिगको आगामी संस्करण न्युजिल्याण्ड र बङ्गलादेशको टी ट्वान्टी श्रृखंलासँग जुधेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?