logo
२०८१ बैशाख १८ मंगलवार



दोस्रो अन्तर्राष्ट्रिय एकदिबसीयमा न्युजिल्याण्डको जित

क्रिकेट |
खेलकुद |


दोस्रो अन्तर्राष्ट्रिय एकदिबसीयमा न्युजिल्याण्डको जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १० गते । न्युजिल्याण्डले बङ्गलादेश विरुद्धको दोस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेल समेत जितेको छ । तीन म्याचको विश्व क्रिकेट लिगको लगातार दुई खेल जितेर न्युजिल्याण्डले २० अङ्क बटुलेको छ ।
बङ्गलादेशले प्रस्तुत गरेको २७२ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले ४८ ओभर २ बलमा पाँच विकेटको क्षतिमा २७५ रन बनाएर लक्ष्य पुरा गर्यो । न्युजिल्याण्डको जितमा कप्तान टम लेथमले अविजित रहँदै ११० रनको पारी खेलेर जितसम्म डोर्याउनुभयो । ५३ रनमै तीन विकेट गुमाएर कमजोर सुरुवात गरेको न्युजिल्याण्डका लागि डेभोन कोनवेले लाथमसँग चौथो विकेटका लागि ११३ रनको साझेदारी गरेर खेलमा पुनरागमन गराउनुभयो । कोनवेले दोस्रो सर्बाधिक ७२ रनको योगदान दिनुभयो ।
बङ्गलादेशका लागि मुस्तफीजुर रहमान, महेदी हसनले सामान दुई दुई विकेट लिनुभयो ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको बङ्गलादेशले पुरै ५० ओभर खेल्दै छ विकेटको क्षतिमा २७१ रनको योगफल तयार गर्यो । उसको पारीमा ओपनर ब्याट्सम्यान समेत रहनुभएका कप्तान तामीम इकबालले ७८ रनको पारी खेलेर टोलीलाई स्थिरता प्रदान गर्नुभयो । अर्का ओपनर लिटन दास डक आउट हुनुभयो । मोहम्मद मिथुनले दोस्रो सर्बाधिक ७३ रन बनाएर अविजित रहनुभयो ।
न्युजिल्याण्डको बलिङ्गमा मिसेल शान्टनरले सर्बाधिक दुई तथा ट्रेन्ट बौल्ट, म्याट्ट हेनरी र कायल जमीन्सनले सामान एक एक विकेट लिनुभयो । लाथम प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?