logo
२०८१ जेष्ठ २ बुधवार



रखिम कोर्नवालको अद्र्धशतकमा वेष्टइन्डिजको महत्वपूर्ण अग्रता

क्रिकेट |
खेलकुद |


रखिम कोर्नवालको अद्र्धशतकमा वेष्टइन्डिजको महत्वपूर्ण अग्रता
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १० गते । नवौं नम्बरका ब्याट्सम्यान रखिम कोर्नवालले अविजित रहँदै अद्र्धशतकीय पारी खेलेपछि वेष्टइन्डिजले श्रीलङ्का विरुद्धको पहिलो टेष्टमा ९९ रनको महत्वपूर्ण बढ्त लिएको छ । वेष्टइन्डिजले दोस्रो दिनको खेल सकिदासम्म आठ विकेटको क्षतिमा २६८ रनको योगफल तयार गरेको छ ।
वेष्टइन्डिजका लागि रखिम कोर्नवाल र केमार रोचले तेस्रो दिनको खेल आठ विकेटको क्षतिमा २६८ रनबाट अगाडी बढाउनुहुनेछ । कोर्नवालले सर्बाधिक ६० रनको योगदान दिएर अविजित हुनुहुन्छ । जोन क्याम्पवेलले ४२ तथा कायल मेयर्सले ४५ रनको योगदान दिनुभयो । जोशुआ डी सिल्भाले ४६ रन बनाउनुभयो ।
श्रीलङ्काका लागि सुरङ्गा लकमलले सर्बाधिक पाँच तथा दुश्मन्था चमीराले दुई र लासिथ इम्बुलदेनियाँले एक विकेट लिनुभयो ।
त्यसअघि, नर्थ साउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको श्रीलङ्काले पहिलो पारीमा मात्र १६९ रनमा समेटिएको छ । श्रीलङ्काका लागि लहिरु थिरमन्नेले सर्बाधिक ७० रनको योगदान दिनुभयो । निरोशन डिकवेलाले ३२ रनको योगदान दिनुभयो ।
वेष्टइन्डिजका लागि जैसन होल्डरले सर्बाधिक पाँच, केमार रोचले तीन तथा रखिम कोर्नवालले एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?