logo
२०८१ जेष्ठ ३ बिहीवार



अनिल साहको शतकमा बजाज खडक वारियर्सको जित, रुपनी राइडर्सले तिलाठीलाई हरायो

क्रिकेट |
खेलकुद |


अनिल साहको शतकमा बजाज खडक वारियर्सको जित, रुपनी राइडर्सले तिलाठीलाई हरायो
तस्विर–महबूब रेजा राइन


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १० गते ।
सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्स र विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले जित दर्ता गरेका छन् । राज रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा रुपनी राईडर्सले दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोईलाडी जायन्टसलाई १५ रनले पराजित गरेको छ । सप्तरीको राजविराज स्थित राज रंगशालामा सम्पन्न खेलमा रुपनी राईडर्सले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडी जायन्टसले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडीको लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४९ रन बनाउनुभयो । उहाँले ३९ बलमा ३ चौका र ४ छक्का प्रहार गर्नुभयो । सन्तोष कार्कीले २७ बलमा ३७ रन तथा दिपेश कंडेलले १५ बलमा २८ रनको योगदान दिनुभयो ।रुपनी राईडर्सको बलिंगमा अनिल यादव र सुमित झाले समान दुई दुई विकेट लिनुभयो । यस्तै सुनिल धमला, फिर्दोश अन्सारी र कुशल भुर्तेलले सामान एक एक विकेट लिनुभयो ।
यस अघि टस जितेर ब्याटिंग गरेको रुपनी राईडर्सले २० ओभरमा ७ विकेट क्षतिमा १५३ रन बनाएको थियो ।
रुपनीको लागि ओपनर अमित यादवले सर्वाधिक ४६ रन बनाउनुभयो । उहाँले ४८ बलमा पाँच चौका र एक छक्का प्रहार गर्नुभयो । यस्तै अर्का ओपनर सुनिल धमलाले १९ बलमा तीन चौका र तीन छक्का मद्दतले ३२ रन बनाउनुभयो । लोकेश बमले २२ रन, फिर्दोश अन्सारीले २० रन तथा निरज मुखियाले १७ रन बनाउनुभयो ।
तिलाठी कोईलाडीको बलिंगमा दिपेश कंडेलले सर्वाधिक ३ विकेट लिनुभयो । उहाँले चार ओभरमा २८ रन खर्चिनुभयो । .राशिद खान र आदील अन्सारीले समान एक एक विकेट लिनुभयो ।
खेलको प्लेयर अफ द म्याच रुपनी राईडर्सका सुनिल धमला चुनिए ।
दिनको दोश्रो खेलमा बजाज खडक वारियर्सले सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साईन थन्डर्सलाई ४१ रनले पराजित गर्यो ।
बजाज खडक वारियर्सले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईन थन्डर्सले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो ।
बोदे बर्साईनको लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २९ रन बनाउनुभयो । अविनाश कर्णले १९ रन, योगेन्द्र सिंह कार्कीले १७ रन, सकिम आलम र बिशाल सुश्लिंगले समान १४ रन तथा बसन्त रेग्मीले १३ रन बनाउनुभयो ।
बजाज खडकको बलिंगमा अनिल खरेलले सर्वाधिक ४ विकेट लिनुभयो । उहाँले ओभरमा २८ रन खर्चिए .यस्तै भुलावन सहानीले ३ विकेट तथा पप्पु यादव र पवन सर्राफले समान १ विकेट लिनुभयो ।
यस अघि टस जितेर ब्याटिंग रोजेको बजाज खडक वारियर्सले २० ओभरमा ३ विकेट क्षतिमा १८६ रन बनाएको थियो ।
बजाज खडक वारियर्सको लागि ओपनिंग ब्याटिंग गरेका अनिल शाहले प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा अविजित १०० रन बनाउनुभयो । त्यस क्रममा उहाँले मात्र ५० बल सामना गर्दै ७ चौका र ८ छक्का प्रहार गर्नुभयो । यस्तै कप्तान विवेक यादवले १७ बलमा ३० रन, प्रशान्त राईले ३६ बलमा २७ रन तथा पवन सर्राफले ५ बलमा अविजित २२ रन योगदान दिनुभयो ।
बोदे बर्साईन थन्डर्सको बलिंगमा बसन्त रेग्मीले सर्वाधिक दुई विकेट लिनुभयो । उहाँले चार ओभरमा १८ रन खर्चिनुभयो । पप्पु यादवको नाममा एक विकेट रहयो ।
खेलको प्लेयर अफ द म्याच अनिल शाह चुनिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?