logo
२०८१ जेष्ठ ३ बिहीवार



इयन मोर्गन र साम बिलिंग्स दोस्रो एकदिबसीय खेल्नेमा आशङ्का

क्रिकेट |
खेलकुद |


इयन मोर्गन र साम बिलिंग्स दोस्रो एकदिबसीय खेल्नेमा आशङ्का
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ११ गते । इयन मोर्गन र साम बिलिंग्सले भारत बिरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा घाइते हुनुभएको छ । दुबैजना घाइते भएपछि शुक्रबार हुने दोस्रो एकदिबसीय खेलमा सहभागी हुने नहुने अन्यौलता उत्पन्न भएको छ ।
इंग्ल्याण्ड क्रिकेट टोलीका ब्याट्सम्यान मोर्गनको भारत बिरुद्धको खेलमा फिल्डिङको क्रममा दाहिने हातको दुई औंलामा चोट लागेको छ । उक्त चोटको कारण दुबै औंलामा ‘स्टिच’ गरिएको छ । पहिलो एकदिबसीयमा इंग्ल्याण्डले ६६ रनको हार बेहोर्दा चोटग्रस्त औंलालाई लिएर ब्याटिङ गर्दा मोर्गनले २२ रन बनाएर पेभेलियन फर्किनुभयो । साम बिलिंग्सको भने फिल्डिङकै क्रममा ‘डाइभ’ लगाउँदा काँधको हाड भाँचिएको छ । उहाँले १८ रनको योगदान दिनुभयो ।
इयन मोर्गनले चोटपछिको ४८ घण्टा सङ्क्रमण अबधि भएकोले त्यसपछि मात्रै कुनै निर्णयमा पुग्ने बताउनुभएको छ । तीन खेलको श्रृखंलामा इंग्ल्याण्ड १–० ले पछाडि रहेको छ । श्रृखंलामा जिवित रहन उसले दोस्रो एकदिबसीय खेल जित्नैपर्ने हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?