logo
२०८१ जेष्ठ ३ बिहीवार

  सप्तरी प्रिमियर लिग 



अनिलको लगातार दोस्रो शतक, बजाज खडक वारियर्स र तिलाठी कोईलाडीको जित

क्रिकेट |
खेलकुद |


अनिलको लगातार दोस्रो शतक, बजाज खडक वारियर्स र तिलाठी कोईलाडीको जित
तस्विर–महबूब रेजा राइन


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ११ गते ।
सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत चौथो दिन सम्पन्न दुईवटा खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्स र दिपेन्द्र ऐरी कप्तान रहेको तिलाठी कोईलाडी जायन्टसले जित हात पारेका छन् ।
पहिलो खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई ८९ रनको विशाल अन्तरले पराजित गर्यो ।
राज रंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिब्न्ँएन्ुभ्इँे।को १९५ रनको लक्ष्य पछ्याबनाउनुभयो।ने क्रममा रुपनी राईडर्सले १७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो । लक्ष्य पछ्याउने क्रममा रुपनीको लागि फिर्दोश अन्सारीले सर्वाधिक ५४ रन बनाउनुभयो । उहाँले ३४ बलमा ८ चौका र २ छक्का प्रहार गर्नुभयो । सुनिल धमलाले १६ रन बनाबनाउनुभयो । माथिल्लो क्रममा ब्याटिंग गरेका लोकेश बम, कप्तान कुशल भुर्तेल र निरज मुखिया खाता नखोली आउट हुनुभयो ।
बजाज खडक वारियर्सको बलिंगमा गोमानंद अमात्यले सर्वाधिक ३ विकेट लिनुभयो । उहाँले तीन ओभरमा १५ रन खर्चिनुभयो । अनिल खरेल र विवेक यादवले समान दुई विकेट तथा भुलावन सहानी र पवन सर्राफले समान १ विकेट लिनुभयो ।
यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९४ रनको योगफल तयार गर्यो ।
वारियर्सको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका अनिल शाहले लगातार दोश्रो शतक प्रहार गर्ने क्रममा सर्वाधिक ११३ रन बनाउनुभयो । उहाँले ६४ बलमा १२ चौका र ७ छक्का प्रहार गर्नुभयो । अनिलले अघिल्लो खेलमा बोदे बर्साईन थन्डर्स बिरुद्ध पनि शतक लगाउनुभएको थियो । अर्धशतक ४४ बलमा पुरा गरेपछि अर्को १६ बलमा उहाँले ५० रन जोड्दै मात्र ६० बलमा शतक पुरा गर्नुभयो । शतक पुरा गरेपछि उहाँलाई फिर्दोश अन्सारीले क्याच आउट गर्नुभयो ।
वारियर्सको लागि कप्तान विवेक यादवले पनि आक्रामक ब्याटिंग गर्दै अविजित अर्धशतक बनाउनुभयो । उहाँले मात्र २३ बलमा ४ चौका र ४ छक्का प्रहार गर्नुभयो । अनिल र विवेकले तेश्रो विकेटको लागि मात्र ५४ बलमा १३८ रनको साझेदारी गर्नुभयो ।
रुपनि राईडर्सको बलिंगमा अनिल यादवले २ विकेट लिनुभयो । फिर्दोश अन्सारी र कुशल भुर्तेलले समान एक एक विकेट लिनुभयो ।
खेलको प्लेयर अफ द म्याच अनिल साह चुनिनुभयो । दिनको दोश्रो खेलमा दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोईलाडी जायन्टसले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई चार विकेटले पराजित गर्यो।

टिभीएस किंग्स राजविराजले दिएको १४५ रनको लक्ष्य तिलाठी कोईलाडीले ६ विकेट गुमाएर १५.१ ओभरमा पुरा गर्यो ।

तिलाठी कोईलाडीको जितमा राशिद खानले अविजित अर्धशतक बनाउनुभयो । उहाँले २ चौका र ८ छक्का प्रहार गर्नुभयो । दिपेश कंडेलले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित ३० रन बनाउनुभयो । राशिद र दिपेशले सातौँ विकेटको लागि अविजित ८७ रनको साझेदारी गर्नुभयो ।
किंग्सको बलिंगमा दिनेश अधिकारी र मेहबुब आलमले समान दुई दुई विकेट तथा रोहित सिंह र सुरज कुर्मीले समान एक एक विकेट लिनुभयो ।
यस अघि टस जितेर ब्याटिंग गरेको टिभीएस किंग्स राजविराजले १८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १४४ रन बनायो । टिभीएस किंग्सको लागि कप्तान मेहबुब आलमले सर्वाधिक अविजित ७८ रन बनाउनुभयो । उहाँले ४६ बलमा ३ चौका र ९ छक्का प्रहार गर्नुभयो । सुरज कुर्मीले १४ रन तथा अमल दासले ११ रन बनाउनुभयो ।
तिलाठी कोईलाडीको बलिंगमा राशिद खान र दिपेश कंडेलले समान तीन तीन विकेट, कप्तान दिपेन्द्र ऐरीले दुई र मनिष मण्डलले एक विकेट लिनुभयो । खेलको प्लेयर अफ द म्याच राशिद खान चुनिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?