logo
२०८१ जेष्ठ १ मंगलवार



सन्दीप लामिछाने इंग्ल्याण्डको वर्सस्टरमा आबद्ध

क्रिकेट |
खेलकुद |


सन्दीप लामिछाने इंग्ल्याण्डको वर्सस्टरमा आबद्ध
तस्विर–क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १२ गते । नेपाली लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्याण्डको वर्सस्टरमा आबद्ध हुनुभएको छ । इंग्लीश काउन्टि टी ट्वान्टी ब्लास्टको आगामी संस्करणका लागि २० वर्षीय लामिछानेलाई वर्सस्टरले अनुबन्धन गरेको हो ।
सन्दीपले वर्सस्टरका ब्याट्सम्यान रिकि वेस्सैलसँग पाकिस्तान सुपर लिगमा लाहौर कलन्दर्सका लागि खेल्नुभएको थियो । वर्सस्टरले दुई जना विदेशी खेलाडी अनुबन्धन गरेकोमा लामिछानेसँगै अष्ट्रेलियाका बेन ड्वारशसले पनि अनुबन्धन सम्झौतमा हस्ताक्षर गर्नुभएको छ ।
यसअघि सन्दीपले भारतको इन्डियन प्रिमियर लिग(आईपीएल), पाकिस्तान सुपर लिगमा लाहौर कलन्दर्स, अष्ट्रेलियाको बिग बैश लिगमा मेलबर्न स्टार्स र होबर्ट हुरिकेन्ससँग बङ्गलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिगमा समेत सहभागिता जनाइसक्नुभएको छ ।
सन्दीपको अनुबन्धनलाई लिएर वर्सस्टरका प्रमुख प्रशिक्षक एलेक्स गिडमनले “इंग्ल्याण्डमा सन्दीपको पहिलो स्वाद हुनेछ, मलाई आशा छ उहाँले रमाइलो गर्नुहुनेछ” बताउनुभयो । सन्दीपले भने वर्सस्टरमा आबद्ध हुन पाएको असाध्यै हर्षित भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभएको छ, “काउन्टि क्रिकेट आफ्नो संस्कृति, साजसज्जा र दर्शकको भिडले चिनिन्छ, म अझै धेरैभन्दा धेरै नेपाली प्रतिभा काउन्टिमा सहभागी हुने दिनको पर्खाइमा छु ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?