logo
२०८१ जेष्ठ १ मंगलवार



इंग्ल्याण्डका कप्तान इयन मोर्गन बाँकी दुई खेलबाट बाहिरिए

क्रिकेट |
खेलकुद |


इंग्ल्याण्डका कप्तान इयन मोर्गन बाँकी दुई खेलबाट बाहिरिए
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १३ गते । इंग्ल्याण्ड क्रिकेट टोलीका कप्तान इयन मोर्गन भारत विरुद्धको अन्तिम दुई अन्तर्राष्ट्रिय एकदिबसीय खेलबाट बाहिरिनुभएको छ । औंलामा आएको चोटको कारण उहाँ बाँकी दुई एकदिबसीय खेल्न नसक्ने अवस्थामा पुग्नुभएको हो ।
मंगलबार भारत बिरुद्धको पहिलो एकदिबसीय खेलमा क्षेत्ररक्षणको क्रममा मोर्गन चोटग्रस्त हुनुभएको थियो । चिकित्सीय परामर्शपछि उहाँ शुक्रबार हुन लागेको दोस्रो एकदिबसीय र आइतबार हुने तेस्रो एकदिबसीय खेलबाट बाहिरिन पुग्नुभएको हो । साम बिलिंग्स पनि दोस्रो एकदिबसीय खेल्नुहुने छैन् । यद्दपी बिलिंग्स तेस्रो तथा अन्तिम एकदिबसीयमा पुनरागमन गर्ने बताइएको छ ।
मोर्गनको स्थानमा लियम लिभिंगस्टनलाई टोलीमा बोलाइएको छ । उहाँ अन्तर्राष्ट्रिय एकदिबसीयमा ‘डेब्यु’ गर्न लाग्नुभएको हो । त्यसैगरी, टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नुभएका देविड मलान समेत हाल भारतमै हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?