logo
२०८१ जेष्ठ १ मंगलवार



न्युजिल्याण्डको बङ्गलादेशमाथि विशाल जित

क्रिकेट |
खेलकुद |


न्युजिल्याण्डको बङ्गलादेशमाथि विशाल जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १३ गते । न्युजिल्याण्डले तेस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा बङ्गलादेशलाई १६४ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै न्युजिल्याण्डले तीन खेलको एकदिबसीय श्रृखंला ३–० ले जितेको छ ।
न्युजिल्याण्डले प्रस्तुत गरेको ३१९ रनको लक्ष्य पछ्याउँदै पाहुना टोली बङ्गलादेशले ४२ ओभर चार बल खेलेर मात्र १५४ रनमा समेटिन पुग्यो । बङ्गलादेशका लागि महमदुल्लाहले अविजित रहँदै सर्बाधिक ७६ रनको योगदान दिएपनि विशाल अन्तरको हार टार्न सक्नुभएन । न्युजिल्याण्डको बलिङ्गमा म्याट्ट हेनरीले चार तथा जेम्स निशमले सर्बाधिक पाँच विकेट लिनुभयो । कायल जमीन्सनले एक विकेट लिनुभयो ।
त्यसअघि, वेलिंग्टनमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको घरेलु टोली न्युजिल्याण्डले ५० ओभरमा छ विकेटको क्षतिमा ३१८ रनको उच्च योगफल तयार गर्यो । न्युजिल्याण्डका लागि श्रृखंलामा डेब्यु गर्नुभएका डेभोन कोनवे र डारेल मिसेलले शतकीय पारी खेलेपछि उसले उच्च योगफल तयार गर्न सफल भयो । १२० रनमा ओपनर मार्टिन गुप्टिल तथा हेनरी निकोलाससहित अनुभबी ब्याट्सम्यान रोस टेलर र टम लाथमको रुपमा चार विकेट गुमाएको न्युजिल्याण्डका लागि कोनवेले मिसेलसँग पाँचौं विकेटका लागि १५९ रनको उत्कृष्ट साझेदारी गर्नुभयो । कोनवेले ११० बलमा १२६ तथा मिसेलले ९२ बलमा शतक लगाएर अविजित रहनुभयो ।
बङ्गलादेशका लागि रुबेल होस्सैनले सर्बाधिक तीन तथा मुस्तफिजुर रहमान, तस्किन अहमद र सौम्य सरकारले सामान एक एक विकेट लिनुभयो । कोनवे प्लेयर अफ द् म्याच तथा प्लेयर अफ द् सेरिज घोषित हुनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?