logo
२०८१ जेष्ठ १ मंगलवार



श्रीलङ्का र वेष्टइन्डिजबीचको पहिलो टेष्ट बराबरीमा सम्पन्न

क्रिकेट |
खेलकुद |


श्रीलङ्का र वेष्टइन्डिजबीचको पहिलो टेष्ट बराबरीमा सम्पन्न
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १३ गते । वेष्टइन्डिज र श्रीलङ्काबीचको पहिलो टेष्ट खेल बराबरीमा सम्पन्न भएको छ । श्रीलङ्काले प्रस्तुत गरेको ३७५ रनको लक्ष्य पछ्याउँदै पाँचौं तथा अन्तिम दिनमा वेष्टइन्डिजले चार विकेटको क्षतिमा २३६ रन मात्रै जोडन सकेपछि खेल बराबरीमा सम्पन्न भएको हो ।
वेष्टइन्डिजका लागि क्रूमाह बोन्नरले अविजित रहँदै सर्बाधिक ११३ रनको योगदान दिनुभयो । कायल मेयर्सले ५२ रन बनाउनुभयो । श्रीलङ्काको बलिङ्गमा भिष्वा फर्नान्डो र लासिथ इम्बुलदेनियाँले सामान दुई दुई विकेट लिनुभयो ।
त्यसअघि, नर्थ साउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको श्रीलङ्काले पहिलो पारीमा मात्र १६९ रनमा समेटिएको थियो । श्रीलङ्काका लागि लहिरु थिरमन्नेले सर्बाधिक ७० रनको योगदान दिनुभयो । निरोशन डिकवेलाले ३२ रनको योगदान दिनुभयो ।
वेष्टइन्डिजका लागि जैसन होल्डरले सर्बाधिक पाँच, केमार रोचले तीन तथा रखिम कोर्नवालले एक विकेट लिनुभयो ।
जवाबमा वेष्टइन्डिजका नवौं नम्बरका ब्याट्सम्यान रखिम कोर्नवालले अद्र्धशतकीय पारी खेलेपछि वेष्टइन्डिजले श्रीलङ्का विरुद्धको पहिलो टेष्टमा १०२ रनको महत्वपूर्ण बढ्त लिएको थियो । वेष्टइन्डिजले पहिलो पारीमा २७१ रन बनायो । रखिम कोर्नवालले सर्बाधिक ६१ तथा जोशुवा डी सिल्भाले ४६, जोन क्याम्पवेलले ४२ र कायल मेयर्सले ४५ रनको योगदान दिनुभयो ।
श्रीलङ्काका लागि सुरङ्गा लकमलले सर्बाधिक पाँच तथा दुश्मन्था चमीरा र भिष्वा फर्नान्डोले सामान दुई दुई र लासिथ इम्बुलदेनियाँले एक विकेट लिनुभयो ।
श्रीलङ्काले दोस्रो पारीमा उत्कृष्ट प्रदर्शन गर्दै ४७६ रनको औसत योगफल तयार गर्दा वेष्टइन्डिजले ३७५ रनको लक्ष्य पाएको थियो । श्रीलङ्काका लागि पथुम निशाङ्काले १०३ तथा निरोशन डिकवेलाले ९६ र ओशादा फर्नान्डोले ९१ रनको पारी खेल्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?