logo
२०८१ जेष्ठ २ बुधवार



सचिन तेन्दुलकरमा कोरोना सङ्क्रमण

क्रिकेट |
खेलकुद |


सचिन तेन्दुलकरमा कोरोना सङ्क्रमण
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १४ गते । भारतीय क्रिकेट टोलीका पूर्ब कप्तान एवम् क्रिकेटका महान हस्ती सचिन तेन्दुलकर कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले शनिबार आफ्नो सामाजिक सञ्जालमा आफू सङ्क्रमित हुन पुगेको पुष्टि गर्नुभएको छ ।
उहाँले ट्वीटरमा सामान्य लक्षण देखिएको र परिवारमा अन्य कसैमा सङ्क्रमण नदेखिएको तथा आफू आइसोलेशनमा बसेको उल्लेख गर्नुभएको छ । उहाँले चिकित्सकले सुझाएको सबै मापदण्ड पालना गरी आफू घरमै क्वारेन्टिनमा बसेको उल्लेख गर्नुभएको छ ।
परिवारका अन्य सदस्यको समेत कोरोना परीक्षण गरिएकोमा सबैजनाको रिपोर्ट निगेटिभ आएको उहाँले उल्लेख गर्नुभएको छ ।
यसअघि यसै साता बलिऊडका चर्चित अभिनेता आमीर खान समेत कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको थियो । भारतमा कोरोनाको दोस्रो लहरका बीच दैनिक करीब ५० हजार जनाभन्दा बढी ब्यतिm सङ्क्रमित हुँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?