logo
२०८१ जेष्ठ २ बुधवार



ललितपुर मेयर ११ टोलीको घोषणा

क्रिकेट |
खेलकुद |


ललितपुर मेयर ११ टोलीको घोषणा
तस्विर–क्रिकनेपाल, सांकेतिक


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १४ गते । नेपाल क्रिकेट संघले ललितपुर मेयर महिला च्याम्पियनसिप क्रिकेटका लागि ललितपुर क्रिकेट टोलीको घोषणा गरेको छ । प्रतियोगिता चैत्त २१ गतेदेखि हुँदैछ ।
नेपाल क्रिकेट संघका सचिब अशोकनाथ प्याकुरेलका अनुसार ललितपुर महिला टोलीको नेतृत्व सरस्वती चौधरीले गर्नुहुनेछ । घोषित १४ सदस्यीय टोलीमा सात वटै प्रदेशका खेलाडीको सम्मिश्रण रहेको छ । टोलीका अन्य सदस्यहरुमा अनुराधा चौधरी, कविता गौतम, शोभा आले, विमला मगर, बिन्दु कटवाल, सुमन खतिवडा, कञ्चन श्रेष्ठ हुनुहुन्छ ।
त्यसैगरी आरती बिडारी, अश्मिना कर्माचार्य, केनुका बस्नेत, सृष्टि पौडेल, अनिसा लामिछाने र निशा पराजुली टोलीका सदस्य हुनुहुन्छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने प्रतियोगितामा प्रत्येक टोलीले चार म्याच खेल्नेछ । उत्कृष्ट हुने दुई टोली फाइनलमा पुग्नेछ ।
प्रधानमन्त्री कप महिला क्रिकेट च्याम्पियनसिपमा सेमीफाइनलसम्म पुगेको चार टोली र ललितपुर महानगरको एक गरी पाँच टोली प्रतियोगितामा भाग लिँदैछ । प्रदेश १, सशस्त्र प्रहरी बल, सुदूरपश्चिम प्रदेश, लुम्बिनि प्रदेश प्रधानमन्त्री कपको सेमीफाइनलसम्म पुगेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?