logo
२०८१ जेष्ठ २ बुधवार



नेपाल र मलेसिया सम्मिलित टी ट्वान्टी खेल्न नेदरल्याण्ड्स टोलीको घोषणा

क्रिकेट |
खेलकुद |


नेपाल र मलेसिया सम्मिलित टी ट्वान्टी खेल्न नेदरल्याण्ड्स टोलीको घोषणा
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १४ गते । नेदरल्याण्ड्स क्रिकेट ब्यवस्थापनले नेपालमा आगामी बैशाखमा हुने त्रिदेशीय श्रृखंलाका लागि क्रिकेट टोलीको घोषणा गरेको छ । घोषित टोलीका अधिकांश सदस्य दोस्रो प्राथमिकताका छन् ।
नेदरल्याण्ड्स क्रिकेट टोलीका प्रशिक्षक र्यान क्याम्पवेलले भने युवालाई विशेष प्राथमिकतामा राखेर टोली चयन गरिएको प्रष्टीकरण दिनुभएको छ । टोलीका दुई जना सदस्य १९ वर्ष मुनिको क्रिकेटका खेलाडी हुनुहुन्छ । काउन्टि क्रिकेट खेल्ने सम्झौता गरेका खेलाडी भ्रमणमा सहभागी नहुने भएकोले पनि युवालाई टोलीमा प्राथमिकता दिएको उहाँले बताउनुभयो ।
१७ वर्षीय अलराउन्डर आर्यन दत्त १९ वर्ष मुनिको क्रिकेट टोलीका सदस्य हुनुहुन्छ । टोलीमा १८ वर्षीय बिक्रमाजित सिंह अर्का कान्छो खेलाडी हुनुहुन्छ । बास डे लीड र फिलिप बोस्सैभैन टोलीमा अटाउनुभएको छ । काउन्टि क्रिकेटमा सहभागी हुने खेलाडी भ्रमणमा सहभागी नहुने भएकोले भिभियन किंग्मा र सेबस्टियन ब्राटले समेत स्थान पाउनुभएको छ ।
टोलीमा केही चर्चित अनुहार समेत समेटिएका छन् । टोलीको नेतृत्व नियमित कप्तान पिटर सिलरले नै गर्नुहुनेछ । त्यसैगरी, अनुभबी खेलाडी बेन कूपर, म्याक्स ओ डाउड र पौल भान मीकेरेन नेपाल भ्रमण गर्ने टोलीमा सहभागी हुनुहुनेछ ।
नेपालले घरेलु मैदानमा बैशाख ४ गतेदेखि ११ गतेसम्म मलेसिया र नेदरल्याण्ड्सलाई टी ट्वान्टी श्रृखंलाका लागि आयोजना गर्दैछ । श्रृखंलाको सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?