logo
२०८१ जेष्ठ ३ बिहीवार



तेस्रो एकदिबसीयमा जितसँगै भारतले श्रृखंला उचाल्यो

क्रिकेट |
खेलकुद |


तेस्रो एकदिबसीयमा जितसँगै भारतले श्रृखंला उचाल्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १६ गते । भारतले इंग्ल्याण्ड बिरुद्धको एकदिबसीय श्रृखंला जितेको छ । तेस्रो तथा अन्तिम एकदिबसीय खेलमा सात रनको जितसँगै भारतले एकदिबसीय श्रृखंला २–१ ले उचालेको हो ।
भारतले प्रस्तुत गरेको ३३० रनको लक्ष्य पछ्याउँदै इंग्ल्याण्डले पुरै ५० ओभर खेलेपनि नौ विकेटको क्षतिमा ३२२ रन मात्रै जोड्न सक्यो । विशाल लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ९५ रनमै महत्वपूर्ण पाँच विकेट गुमाउन पुग्यो । देविड मलानले ५० रन बनाएर पेभेलियन फर्किदा इंग्ल्याण्डले २४ ओभरमा १६१ रन ल्याउन आवश्यक थियो । इंग्ल्याण्डका लागि आठौं नम्बरका ब्याट्सम्यान साम कर्रनले अविजित रहँदै ९५ रनको पारी खेलेर जित नजिक डोर्याउनुभयो । तर उहाँको योगदान पर्याप्त भएन । जितका लागि अन्तिम ओभरमा १३ रन आवश्यक छँदा भारतीय बलर टी नटराजनले मात्र छ रन खर्चेर एक विकेट लिएपछि भारतले रोमाञ्चक जित हात पार्यो ।
भारतीय बलरहरुमा श्रद्धुल ठाकुरले सर्बाधिक चार विकेट लिनुभयो । भुवनेश्वर कुमारले तीन तथा टी नटराजनले एक विकेट लिनुभयो ।
त्यसअघि, पूणेमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको भारतले १४ ओभरमा बिना कुनै क्षतिमा १०३ रन बनाएर उत्कृष्ट सुरुवात गर्यो । रोहित शर्मा ३७ तथा शिखर धवनले ६७ रनको पारी खेल्नुभयो । मध्यक्रममा ऋषभ पन्तले ७८ रनको उत्कृष्ट पारी खेलेपछि १५७ रनमा चार विकेट गुमाएको भारतीय पारी सम्हालिन पुग्यो । ऋषभले हार्दिक पाण्ड्यासँग पाँचौं विकेटका लागि ९९ रनको साझेदारी गर्नुभयो । पाण्ड्याले मात्र ४४ बलमा ६४ रनको विष्फोटक पारी खेल्नुभयो । श्रद्धुल ठाकुरले ३० तथा क्रूनाल पाण्ड्याले २५ रनको योगदान दिदा भारतले ४८.२ ओभरमा ३२९ रनको योगफल तयार गर्यो ।
इंग्ल्याण्डका लागि मार्क ऊडले सर्बाधिक तीन तथा आदिल राशिदले दुई तथा साम कर्रन, रीस टोप्ले, बेन्न स्टोक्स, मोइन अलि र लियाम लिभिंग्स्टोनले सामान एक एक विकेट लिनुभयो ।
साम कर्रन प्लेयर अफ द् म्याच तथा जोनी बैरिष्टो प्लेयर अफ द् सेरिज घोषित हुनुभयो ।
इंग्ल्याण्ड बिरुद्धको पाँच खेलको टी ट्वान्टी, चार खेलको टेष्ट र तीन खेलको अन्तर्राष्ट्रिय एकदिबसीय गरी भारतले तीनवटै श्रृखंला जितेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?