logo
२०८१ जेष्ठ ३ बिहीवार



टी ट्वान्टी प्रतियोगिता खेलेका चौथो पूर्व क्रिकेटरमा सङ्क्रमणको पुष्टि

क्रिकेट |
खेलकुद |


टी ट्वान्टी प्रतियोगिता खेलेका चौथो पूर्व क्रिकेटरमा सङ्क्रमणको पुष्टि
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १७ गते । भारतीय क्रिकेट टोलीका अलराउन्डर इरफान पठान कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । पछिल्लो एक सातामा सचिन तेन्दुलकर, एस बद्रीनाथ, यूसुफ पठानपछि इरफान कोरोनाबाट सङ्क्रमित हुने चौथो पूर्व क्रिकेटर हुनुहुन्छ । चारै जना भारतमा गत् साता मात्रै सम्पन्न सडक सुरक्षा टी ट्वान्टी क्रिकेट श्रृखंलामा भारतीय टोलीको प्रतिनिधित्व गर्नुभएको थियो । उक्त प्रतियोगितामा श्रीलङ्का, इंग्ल्याण्ड, बङ्गलादेश, न्युजिल्याण्ड र वेष्टइन्डिजका पूर्ब क्रिकेटरले खेल्नुभएको थियो । उक्त प्रतियोगिता भारतको राईपुरमा मार्च ७ देखि २१ सम्म चलेको थियो ।
इरफानले आफूमा कोभिड १९ को कुनै लक्षण नदेखिए पनि पुष्टि भएपछि आफू अलग्गिएको बताउनुभएको छ । उहाँले आफ्नो सम्पर्कमा आएका सबैलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?