logo
२०८१ जेष्ठ १ मंगलवार



दोस्रो टी ट्वान्टीमा न्युजिल्याण्डको जित

क्रिकेट |
खेलकुद |


दोस्रो टी ट्वान्टीमा न्युजिल्याण्डको जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १७ गते । न्युजिल्याण्डले दोस्रो टी ट्वान्टी खेलमा समेत बङ्गलादेशलाई हराएको छ । जितसँगै न्युजिल्याण्डले तीन खेलको टी ट्वान्टी श्रृखंलामा २–० को अग्रता लिएको छ ।
वर्षाले प्रभाबित खेलमा लक्ष्य पुनरवलोकन हुँदा बङ्गलादेशले १६ ओभरमा १७१ रनको लक्ष्य पाएको थियो । पाहुना टोलीले १६ ओभरमा सात विकेटको क्षतिमा मात्र १४२ रन जोडन सक्यो । बङ्गलादेशका लागि सौम्य सरकारले ५१ तथा मोहम्मद नईमले ३८ रनको योगदान दिनु अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
न्युजिल्याण्डका लागि टिम साउदी, हमिश बेन्नेट, एडम मिल्नेले सामान दुई दुई तथा ग्लैन फिलिप्सले एक विकेट लिनुभयो ।
त्यसअघि, नेपियरमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको न्युजिल्याण्डले १७ ओभर पाँच बलमा पाँच विकेटको क्षतिमा १७३ रन बनायो । वर्षाले खेल पटक पटक अबरुद्ध भएपछि छोट्याइएको थियो । १३ ओभरमा पाँच विकेटको क्षतिमा १११ रन जोडेको न्युजिल्याण्डका लागि ग्लैन फिलिप्सले डारेल मिसेलसँग छैटाैं विकेटका लागि ६२ रनको साझेदारी गर्नुभयो ।
न्युजिल्याण्डलाई औसत योगफलसम्म पुर्याउन पाँचौं नम्बरका ब्याट्सम्यान ग्लैन फिलिप्सले अविजित रहँदै सर्बाधिक ५८ रनको योगदान दिनुभयो । उहाँले मात्र ३१ बलमा पाँच चौका र दुई छक्का लगाउनुभयो । डारेल मिसेलले दोस्रो सर्वाधिक ३४ रन बनाउनुभयो ।
बङ्गलादेशका लागि महेदी हसनले दुई तथा मोहम्मद सफिउद्दिन, तस्किन अहमद र शरिफुल इस्लामले सामान एक एक विकेट लिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?