logo
२०८१ जेष्ठ २ बुधवार



प्रशिक्षक व्हाटमोरसँगको क्रिकेट क्लिनिक स्थगित

क्रिकेट |
खेलकुद |


प्रशिक्षक व्हाटमोरसँगको क्रिकेट क्लिनिक स्थगित
तस्विर–क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १८ गते । नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक डेभ व्हाटमोरसँगको क्रिकेट क्लिनिक स्थगित भएको छ । नेपाल क्रिकेट संघले प्रशिक्षक व्हाटमोरसँग स्थानीय खेलाडीको साक्षात्कार र प्रशिक्षण कार्यक्रम लिएर सातवटै प्रदेश पुग्ने कार्यक्रम तय गरेको थियो ।
नेपाल क्रिकेट संघले त्रिदेशीय टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको पूर्ब तयारीलाई ध्यानमा राखेर क्रिकेट क्लिनिक स्थगित गरिएको जनाएको छ । प्रदेश १ को बिराटनगमा भने गत् साता मात्रै क्रिकेट क्लिनिक सम्पन्न भएको थियो । चैत्त १८ गतेदेखि प्रदेश २ मा ‘नेपाल क्रिकेट आउटरिच प्रोग्राम विथ डेभ व्हाटमोर’ हुने तय भएको थियो । तर त्रिदेशीप कप क्रिकेटका लागि खेलाडीको छनौट, बन्द्र प्रशिक्षण गर्नुपर्ने भएकोले तात्कालका लागि स्थगित गरिएको हो ।
नेपालले घरेलु मैदानमा मलेसिया, नेदरल्याण्ड्स सम्मिलित टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दैछ । प्रतियोगिता बैशाख चार गतेदेखि हुनेछ ।
नेपाल क्रिकेट संघले प्रतियोगिता सकिए लगत्तै क्रिकेटलाई स्थानीय तहसम्म पुर्याउने उक्त कार्यक्रमको निरन्तरता दिने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?